‘निर्वाचनको मिति कानुनमा तोक्नुपर्छ’

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको मिति कानुनमा तोक्न जरुरी रहेको बताएका छन् । सेन्टर फर मिडिया रिसर्च नेपालले आज आयोजना गरेको कार्यक्रममा उनले कानुनमा निर्वाचनको मिति तोक्दा उम्मेदवारहरू बेलैमा चयन गर्न र निर्वाचन आयोगलाई तयारी गर्न सहज हुने बताए ।पोखरेलले निर्वाचनको मिति कानुनमा नतोकिँदा दलहरूलाई उम्मेदवार चयन गर्न जटिल हुनाका साथै तयारीका लागि निर्वाचन आयोगलाई दबाब सिर्जना भएको बताए । उनले भने, “कानुनमा निर्वाचनको मिति तोक्दा सबैको जीत हुन्