सौराहास्थित जंगल सफारी लजले ल्यायो दसैं धमाका योजना

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि घुम्ने संस्कृति विकास गर्ने उद्देश्यले चितवनको सौराहास्थित जंगल सफारी लजले  ‘दसैं धमाका’ योजना ल्याएको छ । कात्तिक १ देखि ३० सम्म लागू हुने यस योजनाअन्तर्गत नेपाली पर्यटकले प्रतिव्यक्ति दुई रात, तीन दिनको प्याकेज मात्र १२ हजार रुपैयाँमा पाउनेछन् ।