जामे मस्जिदमा रमदानको रौनक (फोटो फिचर)

काठमाडौ : ईस्लाम धर्मावलम्बीको पर्व रमदान आजदेखि सुरु भएको। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन्।रोजा बस्न मुसलमान समुदायले उर्दु क्यालेण्डरअनुसार आज बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ।रमदानको अवसरमा घण्टाघरको जामे मस्जिदमा मुस्लिम धर्मालम्बीहरूको बाक्लो उपस्थिति छ। उनीहरूले आपसमा जम्मा भएर कुरान पाठपूजा गरेका छन्।