चामल गोदाम रित्तियो, कालिकोटमा खाद्यान्न अभाव

कालिकोट । सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीलगायतका दुर्गममा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारण समयमै चामल पाउनबाट वञ्चित छन् । चालू वर्ष पनि तोकिएको समय चामल ढुवानी नहुँदा दैनिक २० देखि ३० क्विन्टलसम्म चामल बिक्री हुने […] The post चामल गोदाम रित्तियो, कालिकोटमा खाद्यान्न अभाव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

हुम्लामा खाद्यान्न अभाव : ढुवानीमा बेवास्ताले सहरमै थन्कियो चामल

सिमकोट, (हुम्ला) । समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापरबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो ।  लिमिटेडको सिमकोट शाखामा दुई महीना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन नसक्दा यहाँको गोदाम रित्तिएको छ । स्थलमार्गबाट चार हजार क्विन्टल र हवाई मार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गर्न नसकेको सिमकोट शाखा प्रमुख कृष्ण अधिकारीले बताए ।  स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन । एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले एक सय ४८ क्विन्टल मात्रै उठाएको छ ।  साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौदेखि ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्सले ढुवानी गर्न सकेको छैन । लिमिटेडले भदौमा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो । हाल गोदाममा रहेको कम परिमाणको खाद्यान्न पनि विक्री गर्न सक्ने अवस्थामा नरहेको उनले जानकारी दिए ।   खाद्यान्न ढुवानी नहुँदा र नागरिकलाई वितरण गर्न नसक्दा आफूलाई रातभर निद्रासमेत नलाग्ने गरेको उनले बताए । यहाँ एक पटक खाद्यान्न सर्वसाधारण, बजारवासी र कर्मचारीलाई विक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्टल आवश्यक पर्छ । भैपरी आउने कार्य जन्म, मृत्यु र कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए वितरण गर्न नसकिने अवस्था छ ।  अहिले ढुवानीका लागि सप्लायर्स सिम्रिक एयरको हेलिकोप्टर छनोट भएर सम्झौता मात्र भएको तर उक्त एयरलाइन्सले खाद्यान्न बुझेर ढुवानी गर्ने काम अगाडि नबढाएका कारण जिल्लामा खाद्यान्न समस्या देखिएको हो । सिम्रिक एयर हेलिकोप्टर लिमिटेडले हवाई मार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको छ ।  सिमकोट शाखाका लागि सुर्खेतबाट ६ हजार क्विन्टल र नेपालगञ्जदेखि सिमकोटसम्म चार हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको हो । नेपालगञ्जबाट सिमकोटका लागि प्रतिकेजी रु एक सय ४३ र सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी एक रु सय ३७ रुपैयाँका दरले सम्झौता भएको थियो ।  सहरमै थन्कियो ढुवानी हुने चामल हालसम्म राष्ट्रिय सडक सञ्जालले छुन नसकेको हुम्लाको सदरमुकाम सिमकोट शाखामा पुग्नुपर्ने चामल सिम्रिक एयरले ढुवानी नगर्दा नेपागलञ्ज र सुर्खेतमै थन्किएका छन् । यसैगरी स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रोपाइटर लोकेन्द्र भण्डारीले अहिलेसम्म ढुवानीमा चासो देखाएका छैनन् । स्थलमार्गबाटै एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने चाङला ढुवानी सेवाले पनि हालसम्म खाद्यान्न ढुवानी गरेको छैन । स्थलमार्गबाट नेपालगञ्ज हुँदै हुम्लाको सिमकोटसम्म प्रतिकेजी  ४० रुपैयाँ ६८ पैसा, सुर्खेतबाट स्थलमार्ग हुँदै सिमकोटसम्म रु ३९, धनगढीदेखि सिमकोटसम्म ४२ रुपैयाँ ९४ पैसा र राजापुर बर्दियादेखि सिमकोटसम्म ४१ रुपैयाँ ८१ पैसामा ढुवानी गर्न सम्झौता गरेको पाइएको छ ।  दुई महीनादेखि पाइएन  समयमै खाद्यान्न ढुवानी नहुँदा दुई महीनायतादेखि नियमित कोटाको पाउनुपर्ने चामल नपाइएको सिमकोट गाउँपालिका–७ डाडाँफयाका वीरबहादुर सिंहको गुनासो थियो । उक्त लिमिटेड र ढुवानीको जिम्मा पाएका सप्लायर्सले ढुवानीमा बेवास्था गर्दा सङ्कट निम्तनिुका साथै खाद्यान्न नपाएको उनले बताए । सिंहले भने, ‘नागरिकले चामल पाउन कहिले नागरिकतासमेत पेस गर्नुपर्छ त कहिले महिनौं दिनसम्म यस्तै समस्या भोग्नुपर्छ ।’ जिल्लाका राजनीतिक दलले चामलमा राजनीति गरेको तर जनताको समस्या बुझ्न नसकेको उनको गुनासो थियो ।  सिमकोट शाखाले गोदाम रित्तै हुँदा खाद्यान्न वितरण गर्न नसकेपछि सदरमुकाम सिमकोटमा बस्दै आएका विद्यार्थी, होटेल व्यवसायी, कर्मचारी, सर्वसाधरण र सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका नागरिकलाई थप समस्या भएको छ । सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका बासिन्दाको खेतीपाती कम हुने र सधैं किन्नुपर्ने खाद्यान्नको भरपर्नुपर्ने भएका कारण उनीहरूलाई समस्या निम्तिएको हो ।  यस्तै मासिक १५ केजी चामल प्रतिव्यक्ति पाउने सदरमुकामका कर्मचारीले समेत पाउन सकेका छैनन् । कोटाको चामल नपाउँदा कर्मचारीले बजारमा महँगो मूल्य तिरेर खरीद गर्नुपर्ने बाध्यता छ । सिमकोट शाखाको गोदाम खाली भएपछि उपभोक्ता खाली हात फिर्ता जान बाध्य छन् । हुम्लाका दुईवटा डिपो र चारवटा बिक्री केन्द्रमा पनि खाद्यान्न छैन । याल्वाङ र लिमी बिक्री केन्द्रबाहेक अरू बिक्री केन्द्रमा चामल पुग्न सकेको छैन ।

हुम्लामा खाद्यान्न अभाव

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखाको गोदाम खाली हुँदा डेढ महिनादेखि सर्वसाधारण खाद्यान्न पाउनबाट वञ्चित भएका छन् । चालु आर्थिक वर्षको निर्धारित कोटाको खाद्यान्न हालसम्म ढुवानी हुन नसक्दा यस्तो समस्या भएको हो । सिमकोट गाउँपालिका–८ का सर्वसाधारण जानकी बुढाले असोजयता लिमिटेडको शाखाबाट वितरण हुने खाद्यान्न पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले लिमिटेडको शाखामा जाँदा गोदाममा खाद्यान्न मौज्दात नभएका कारण बिक्री गर्न नसकिने जवाफ आउने गरेको बताउनुभयो ।

कर्णालीमा खाद्यान्न अभाव, मुगुको गोदाम बन्द

मुगु– मुगुको छायाँनाथ रारा नगरपालिका–१० घट्टलेखकी उब्जी सेजुवाल सदरमुकाम गमगढी बजारमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पगिन् । तर, चामल नपाएपछि रित्तो हात घर फर्किइन् । कर्णालीका हिमाली जिल्लाहरूमा खाद्यान्नको अभाव सुरु भएको छ । साविकका कर्णालीका जिल्लाहरूमा पर्याप्त मात्रामा खाद्यान्न मौज्दात नहुँदा अभाव सुरु भएको हो । मुगुमा भने चामल नहुँदा खाद्य […]

मुगुको खाद्यान्न गोदाम रित्तिदै, २ सय क्विन्टल मात्रै मौज्दात

मुगु- हिमाली जिल्ला मुगुका खाद्यन्न गोदाम रित्तिन लागेका छन् । गोदाम रित्तिन लागेसँगै स्थानीयले खाद्यान्य अभावको सामना गर्नुपर्ने आशंका गर्न थालेका छन् । गमगढीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा हाल २ सय क्विन्टल मात्र चामल मौज्दात रहेको कार्यालयले जनाएको छ । मौज्दात चामल कम भएकाले खाद्यान्न अभाव हुने अवस्था कार्यालयका […]

हुम्लामा खाद्यान्न अभाव, सुर्खेत गोदाममा धान्न नसकिने चाप

सुर्खेत – हुम्लामा खाधान्न अभाव भइरहँदा कम्पनीको सुर्खेतस्थित प्रादेशिक गोदाममा भने क्षमताले धान्न नसक्ने गरी खाधान्न थुप्रिएको छ ।हुम्ला लगायतका हिमाली जिल्लामा समयमै ढुवानी नहुँदा सुर्खेतस्थित गोदाममै खाद्यान्न थन्किएको हो । कम्पनीको सुर्खेतस्थित प्रादेशिक गोदाममा पाँच–पाँच हजार क्वीन्टल क्षमताका दुईवटा र १० हजार क्वीन्टल क्षमताको एकवटा गोदाम गरी २० हजार क्वीन्टल खाधान्न भण्डारण गर्नसक्ने क्षमता […]

दसैं भित्रियो, चामल आएन

धेरैका लागि ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड हो दशैं । तर, मुगु, हुम्ला र डोल्पाका खाद्य गोदामहरू रित्तिएपछि हिमाली जिल्लाका दुर्गम गाउँमा दसैंमै खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था, व्यापार तथा कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको चामल ढुवानी नगर्दा खाद्य गोदाम रित्तिएका हुन् ।

गोदाममा चामल छैन, खाद्य भन्छ किलोमा पाँच रुपैयाँ छुट

जाजरकोट – जाजरकोटमा दसैंको मुखमै खाद्यान्न अभाव देखिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका गोदाम खाली हुँदा सर्वसाधारण रित्तो हात फर्कन बाध्य छन्। तैपनि खाद्यले प्रतिकिलो चामलमा रु पाँच छुट दिने निर्णय गरेको छ। छुटको व्यवस्था भए पनि कम्पनीको गोदाममा चामल नै नहुँदा दैनिक चामल लिनका लागि आएका सर्वसाधारण रित्तो हात फर्कन बाध्य भएको […]

कालीकोटमा खाद्यान्न अभाव

कालीकोट जिल्लामा खाद्यान्न अभाव हुने भएको छ । सरकारले दिँदै आएको चामल अभाव हुँदा अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मान्मको गोदाम रित्तो हुन पुगेको छ । सरकारको फितलो तयारी र व्यवस्थाका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ । कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन कठिन हुने गरेको छ । दैनिक २० क्विन्टलदेखि ३० क्विन्टलसम्म चामल बिक्री हुने कालीकोटमा तोकिएको समयमा चामल ढुवानी नहुँदा खाद्यान्नको चरम अभाव भएको कार्यालय जनाएको छ ।