कृष्णबहादुर महराका स्वकीय सचिव शर्माद्वारा पार्टी त्यागेको घोषणा

काठमाण्डाै - नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गर्नु भएको छ। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव समेत रहेका शर्माले असन्तुष्टि जनाउँदै पार्टी त्यागेको घोषणा गर्नुभएको हो। सामाजिक सञ्जालमा स्टाटस लेख्लै उहाँले पार्टी छोडेको घोषणा गर्नुभएको हो । उहाँले लेख्नु भएको छ : ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यता समेत नरहनेगरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु । आगामी दिनमा एक स्वतन्त्...