कपिलवस्तु–१ मा गठबन्धनबाट चक्रपाणि कि दीपकुमार ?

बुटवल । आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनबीच भागबण्डाको मोडालिटीबारे गृहकार्य भइरहेको छ । सामान्यतया अघिल्लो निर्वाचनमा गठबन्धनभित्रका दलले जितेको क्षेत्रमा सोही दललाई उम्मेदवारी दिन लगाउने चर्चा चलिरहेको छ । यद्यपि केही क्षेत्रमा गठबन्धनभित्रकै नेता व्यवस्थापनमा समस्या देखिने भएको छ ।२०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनका कारण धेरै क्षेत्रमा नेपाली काँग्रेसले आफ्नो बलियो प्रभावका बाबजुद हार व्यहोरेको थियो । त्यस्ता क्षेत्रमा अहिले गठबन्धनबीच भागबण्डा मिलाउन ठुलो चुनौती हुने देखिएको छ