उम्मेदवारको नाम सिफारिससँगै एमालेले माग्याे यी कागजात

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको नाम सिफारिस गर्ने काम पार्टीका मातहत कमिटीमा धमाधम भइरहेको छ।पार्टी केन्द्रीय कमिटीको चौथो बैठकले यही भदौ २२ गतेसम्म उम्मेदवारहरूको नाम सिफारिस गरी पठाउनुपर्ने निर्णय गरेको थियो।उम्मेदवारका रूपमा नाम सिफारिस भएका व्यक्तिहरूको नाम पार्टी केन्द्रीय कार्यालयमा पठाउँदा निर्वाचन आयोगको अनुसूची १४ र १७ बमोजिमको मञ्जुरी नाममा हस्ताक्षर