दाउन्नेको जंगलमा कसले मार्‍यो पाटेबाघ?

बुटवल–दाउन्ने देवी सामुदायिक वन क्षेत्रभित्र शनिबार एउटा बयस्क पाटेबाघ मृत फेला पर्‍यो। पूर्व–पश्चिम राजमार्गदेखि झण्डै ५ किमिभित्र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा पर्ने यो घनाजंगलमा मृत भेटिएको बाघको शरीरमा २ वटा गोली लागेका छन्। तर, मारिएको बाघका अंग चोरिएका छैनन्। घाँस, दाउरा काट्न सामुदायिक वनमा गएका स्थानीयले मृत बाघ देखेपछि वन कार्यालयमा खबर गरेका थिए। स्थानीयको […]