रास्वपाले आजदेखि ‘नीति मन्थन’ कार्यक्रम गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागि सुझाव लिन सोमबारदेखि दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ। सोमबार र मंगलबार हुने नीति माथिको बहसका लागि सातवटा विषय छुट्याइएको छ। फरक फरक विषयका जानकारसँग पार्टीले विचार मन्थन गर्ने प्रवक्ता मुकुल ढकालले जानकारी दिए। पहिलो दिनमा पाँच र दोस्रो दिनका लागि दुई विषय गरी बहसका विषय छुट्याइएको छ। सात विषयमा शासकीय व्यवस्था र समाजको बदलिँदो चरित्र पहिलो सत्रका लागि छुट्याइएको हो। दोस्रो सत्