पाँचखाल नगरपालिका–१३ मा मतदान सुरु

काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका–१३ मा मतदान सुरु भएको छ । पाँचखाल नगरपालिकाको वडा नम्बर १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा स्थगित भएको चुनाव आज मंगलबार बिहानबाट सुरू भएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेका अधिकृत रामप्रसाद भट्टराई र मालपोत अधिकृत गंगा पोखरेललाई सहायक मतदान अधिकृतको रुपमा खटाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ […]

सम्बन्धित सामग्री

पाँचखाल नगरपालिका–१३ मा पुनः मतदान सुरु

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ मा मङ्गलबार पुनः मतदान सुरु भएको छ । विवादका कारण रोकिएको पाँचखाल नगरपालिका–१३ स्थित श्रीराम मावि मतदान केन्द्रको पुनः मतदान मङ्गलबार बिहान ७ बजेदेखि सुरु भएको हो । बिहान ८:३० बजेसम्म १५० मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिनुभयो।

अछामकाे पञ्चदेवलमा मतदान सुरु

अछामको पञ्‍चदेवल विनायक नगरपालिका-५ लयाटीमा कडा सुरक्षाबीच मतदान सुरु भएको छ । ३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः सुचारु भएको हो । मतदान केन्द्र नवज्याेती माविमा सुरक्षा कडा पारिएको छ । सुरक्षाकर्मीले मतदान केन्द्रकाे सुरक्षाकाे जिम्मा लिएका छन् । मतदान केन्द्र आसपासमा मतदाता र उम्मेदवार बाहेकलाई प्रवेश रोक लगाइएको छ । अहिलेसम्म ३४ मत खसेको छ । आज काभ्रेको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० को विजय मावि मतदान केन्द्र र