कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा जारी

काठमाडौं, १७ बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरु बैठक जारी रहेको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा केही बेर अगाडिदेखि बैठक सुरु भएको हो। बैठकमा नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन, मन्त्री छनोटलगायतका विषयमा छलफल भइरहेको छ।