मन्त्रिपरिषद् निर्णय : सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक फास्ट ट्र्याकबाट लैजाने

सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक फास्ट ट्र्याकमा अघि बढाउने भएको छ । सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ का केही व्यवस्थाहरू संशोधन गर्नका लागि केही ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई द्रुतगति (फास्ट ट्र्याक) मा अघि बढाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।