तालिबानद्वारा अफगानिस्तानको एक प्रान्तीय राजधानी कब्जा

तालिबान विद्रोही संगठनले अफगानिस्तानको दक्षिणी पश्चिमी क्षेत्रस्थित एक प्रान्तीय राजधानी कब्जा गरेको छ। इरानसँगको सीमा जोडिएको जरन्ज सहर कब्जा गरेसँगै तालिबानले पहिलोपटक ठूलो सहर कब्जा गरेको अफगान अधिकारीहरुले पुष्टि गरेका छन्।स्थानीय स्रोतका अनुसार शुक्रबार दिउँसो निमरोज प्रान्तको राजधानी जरन्ज तालिबान लडाकुले कब्जा गरेका हुन्। पछिल्ला केही सातादेखि विदेशी सेना फर्किन थालेपछि तालबानी समूहले अफगानिस्तानमा आक्रमण तीव्र पारेको थियो। उसले अफगानिस्तानका कयौं सीमा क्षेत्र यसअघि नै नियन्त्रणमा लिइसकेक