वीरगञ्ज – बाराको प्रसौनी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण कार्यक्रममै विवाद भएको छ। सोमबार गाउँपालिकामा आयोजित नवनिर्वाचित जनप्रतिनिधिहरूको शपथग्रहण कार्यक्रममा वडाध्यक्षहरूले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन्। उक्त कार्यक्रममा जनप्रतिनिधिभन्दा एमालेका नेताहरूको बढी उपस्थिति भएको भन्दै नवनिर्वाचित वडाध्यक्षहरूले शपथ ग्रहण कार्यक्रम बहिष्कार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिलकुमार केशरीले जानकारी दिए। आफूहरूले वडाध्यक्षहरूलाई शपथग्रहण कार्यक्रममा हात […]