जसपाका अध्यक्ष ठाकुर र यादवसहित दुवै पक्षका नेताहरु निर्वाचन आयोगमा

सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले बोलाएपछि विवादरत जसपाका दुवै पक्ष आज आयोग पुगेका छन्  अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो ।  दुवै पक्ष एकले अर्कालाई कारवाही गरी आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । निर्वाचन आयोगले दुवै पक्षको कारवाही नमिलेको भन्दै सहमतिको प्रयासका लागि छलफलमा बोलाएको थियो ।  पार्टीमा सहमति नभई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै ठाकुर पक्षले उपेन्द्रलाई...

सम्बन्धित सामग्री

निर्वाचन आयोगमा महन्थ ठाकुरको दावी : म एक नम्बर अध्यक्ष !

जनता समाजवादी पार्टी (जसपा) को एक नम्बर अध्यक्षको रुपमा महन्थ ठाकुरले आफूलाई प्रस्तुत गरेका छन् । ठाकुर पक्षले निर्वाचन आयोगलाई पठाएको पत्रमा पार्टीको एक नम्बर अध्यक्ष ठाकुर रहेको दावी गरिएको हो ।पुस ७ गतेको बैठकले महन्थ ठाकुरलाई कार्यकारिणीको अधिकार दिएका कारण उनी एक नम्बरको अध्यक्ष रहेको दावी गरिएको जसपाका एक कार्यकारिणी सदस्यले जानकारी दिए । ती सदस्यले भने, ‘पुस ७ गते बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष ठाकुरलाई कार्यकारिणीको अधिकार दिइ कार्यकारिणी समिति हेरफेर गर्ने अधिकार दिएको थ