लमजुङ। लमजुङका तीन प्रहरी कार्यालयलाई विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक सामग्री सहयोग गरिएको छ । ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित एकीकृत परियोजना अन्तर्गत बेसीशहर ३ स्थिती सशस्त्र प्रहरी बल रानीकुवा, सुन्दरबजार ८ स्थित इलाका प्रहरी कार्यालय भोटेवडार र दीर्दी स्थित इलाका प्रहरी कार्यालय मञ्ज्याङलाई विपद् व्यवस्थापन […]
एनसेल र ट्रान्क्विलिटी स्पाबीच ग्राहकलाई स्पा तथा सौन्दर्य सेवामा छुट दिने साझेदारी भएको छ। यसअन्तर्गत योग्य ग्राहकले तोकिएका सेवामा एकको मूल्यमा दुई जनालाई सेवा उपलब्ध हुने ‘बाइ वान गेट वान’ अफर वा छुट पाउनेछन्। एनसेलले जारी गरेको विज्ञप्तिअनुसार ४९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्रिपेड प्याक अथवा पोस्टपेड प्लान खरिद गर्ने नेपाली नागरिकले सिग्नेचर मसाज, […]
काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको छ । सङ्घले हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणका क्रममा देखिन सक्ने लेक लाग्ने, पखाला, ज्वरोलगायत अन्य स्वास्थ्य समस्याबारे जानकारी लिन तथा उपचार सेवा प्रदान गर्न चिकित्सकको टोली परिचालन गरिएको जनाएको छ । सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले मनाङ र सोलुखुम्बुको फेरिचेमा रहेका स्वास्थ्यचौकीमा स्वदेशी […]
बैंकर तथा मुक्तिनाथ कृषि कम्पनीका प्रबन्ध सञ्चालक भरतराज ढकालले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। सार्वजनिक गरेको वक्तव्यमा उनले पेशागत विषयगत क्षेत्रको खुलातर्फ उम्मेदवारी प्रस्तुत गर्दै वित्तीय तथा कृषि क्षेत्रको अनुभव पार्टीको नीति निर्माणमा उपयोग गर्ने बताएका छन्। ढकाल मुक्तिनाथ विकास बैंकका संस्थापक सदस्य तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन्। […]
सरकारले सिडिओका रूपमा कार्यरत कर्मचारीसहित ४४ जना उपसचिवको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार गरेको सरुवामा विभिन्न कार्यालयका प्रमुखसमेत फेरिएका छन्। डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ। त्यस्तै, बाजुराका प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको जिल्ला समन्वय […]
काठमाडौं । सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल (एसपीसीएसएन) ले सामाजिक सुरक्षाका सवाललाई खोज पत्रकारितामार्फत उजागर गर्दै सम्बन्धित निकायलाई जवाफदेही बनाउन योगदान पुर्याएको भन्दै पत्रकार सुमित्रा लुईटेललाई ‘सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट खोज पत्रकारिता सम्मान–२०८३’ प्रदान गरेको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सञ्जालको आर्थिक वर्ष २०८२/८३ को सामाजिक लेखापरीक्षण तथा छैटौं वार्षिक साधारण सभाका अवसरमा लुईटेललाई […]