प्रदेश १ मा एन्टिजेन किट अभाव, पहाडी जिल्लामा परीक्षण गर्न समस्या

प्रदेश १ मा एन्टिजेन किट अभाव भएको छ । स्वास्थ्य विभागबाट न्यून मात्रामा किट प्राप्त भएकाले पहाडी जिल्लामा कोरोना परीक्षणमा समस्या भएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिएका छन्

सम्बन्धित सामग्री

कचनकवलमा छैन परीक्षण किट र अक्सिजन सिलिन्डर, जाँच्न पनि अन्यत्र जाँदैछन् स्थानीय

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकामा एन्टिजेन किट, अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री अभाव भएको छ। पहिलो लहरमा कोरोना भाइरसको ‘हटस्पट’ बनेको जिल्लाकै कचनकवलमा यसपटक स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको हो। अहिले संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न त्यहाँका स्वास्थ्यकर्मीहरूले समस्या भोगिरहेका छन्‌।करिब दुई महिनाअघि प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले जिल्ला स्वास्थ्य कार्यालय झापामार्फत गाउँपालिकाको स्वास्थ्य शाखालाई १०० थान एन्टिजेन किट उपलब्ध गराएको थियो।