पुनर्निर्माण गरेर घरमा ताला

भूकम्पले क्षतिग्रस्त बनाएका घर पुनर्निर्माण भए पनि दोलखाका गाउँ छाडेर सहर छिर्ने क्रम बढ्दै गएको छ। वि.सं. २०७२ वैशाख १२ को भूकम्प र वैशाख २९ को परकम्पबाट अतिप्रभावित १४ जिल्लामध्ये दोलखा पनि एक हो। वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु गोरखा भए पनि २९ गतेको भूकम्पको केन्द्रबिन्दु भने दोलखा हो। त्यसैले २९ गतेको भूकम्पले दोलखामा बढी क्षति पुगेको थियो। दोलखामा भूकम्पले क्षति पुगेका ७३ हजार घरमध्ये ६२ हजार ५९० पुनर्निर्माण भएको सघन सहरी तथा भवन निर्माण आयोजनाका असिस्टेन्ट सब इन्जिनियर रामशरण न्यौपानेले बताउनुभयो।

सम्बन्धित सामग्री

सुस्त सरकार, पुर्नस्थापनामा प्रशस्त आशंका

एक महिना अगाडि बझाङ र गत वर्ष डोटीमा गएको भूकम्पबाट सयौं घरमा क्षति पुगेको छ । ती घरको पुनर्निर्माण प्रक्रिया सरकारले अझै अघि बढाउन सकेको छैन।...

२०७२ भूकम्पः अझै टेको लगाएकै घरमा बस्छन् कतिपय काठमाडौंवासी (फोटो फिचर)

२०७२ मा भूकम्प गएको ८ वर्ष पूरा भइसक्दासमेत भौतिक संरचनाहरूको पुनर्निर्माण हुन नसक्दा जोखिम मोलेर नै नागरिकहरू भत्किएका संरचनामा बस्न बाध्य छन् ।

लमजुङमा भूकम्पपछिको पुनर्निर्माण अन्योल

लमजुङमा गतवर्षको भूकम्पबाट क्षति भएका घरहरूको पुनर्निर्माण अन्योलमा परेको छ । गतवर्ष जेठको पहिलो साता गएको भूकम्पबाट क्षति भएका घरहरूको पुनर्निर्माण अन्योल भएको हो ।गतवर्ष ५ जेठमा जिल्लाको मस्र्याङ्दी गाउँपालिका–७, भुलभुले केन्द्रविन्दु बनाएर गएको ५ दशमलव ८ म्याग्निच्युटको भूकम्पले जिल्लाका दुई हजार बढी घरमा क्षति पुगेको प्रारम्भिक तथ्याँक छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिका, बेसीसहर नगरपालिका […]

तस्वीर : मेलम्चीको पानी आजदेखि पाईपमार्फत घर- घरमा

मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण पछि काठमाडौं उपत्यकाका खानेपानी लिमिटेडले आइतवारदेखि घर - घरमा पाईपमार्फत धारामा पानी पठाउने कार्यको शुरुवात गरेको छ । उक्त  कार्यको शुभारम्भ खानेपानी मन्त्री उमाकान्त चौधरीले आइतवार बिहान मिनभवनबाट शुरु गरेका हुन् । खानेपानी मन्त्रालयले आयोजनाको मर्मत र सफाइको काम सम्पन्न गरेर गत चैत मसान्तबाट काठमाडौंतर्फ पानी पथान्तरणको काम शुरु गरेको थियो । आइतवारबाट भने नयाँ र पुराना धाराबाट मेलम्चीको पानी घर–घरमा पुग्ने थालेको हो ।   र मेलम्चीको पानी घरमा आएको देखाउँदै मिनभवन आसपासका एक जना उपभोक्ता शिवहरि शिल्पकार ।   तस्वीर : सुनिल शर्मा / आर्थिक अभियान

भुजीखोलाको बाढीले बगाएका ९७ घर पुनर्निर्माण

बागलुङ- गत वर्षको भदौ १७ गते भुजीखोलामा आएको बाढीसँगैको पहिराले पूर्ण क्षति भएका निजी आवास पुनर्निर्माण गर्न थालिएको छ । झण्डै एक वर्ष अर्काको घरमा शरणमा बसेका पीडितले नगरपालिकाको सहयोगमा पुनःर्निर्माण गर्न थालेका हुन् । बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङका बाढीपहिरो पीडितका लागि नगरपालिकाले आवास निर्माण गर्न सहयोग गरेकाले काम अघि बढाइएको स्थानीय पीडित लालमाया घर्तीले […]

६ वर्षपछि टहरोबाट पक्की घरमा बास

तेमाल गाउँपालिकामा २०७२ सालको विनासकारी भूकम्पले घर भत्केपछि प्रायजसोले घर पुनर्निर्माण गरे । तर, भूकम्पले घर भत्काएको ६ वर्ष बित्दा पनि तेमाल गाउँपालिकाका १३ परिवारले भने आर्थिक अवस्था अति नै कमजोर भएकै कारण घर पुनर्निर्माण गर्न सकेका थिएनन् । सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरण मार्फत उपलब्ध गराएको पहिलो किस्ता रकम लिएपनि उनीहरूले घर पुनर्निर्माण गर्न नसकेपछि […]

अझै चर्किएकै घरमा भूकम्प पीडित

भक्तपुरको गहिटीकी सरस्वती सिंख्वालको घर २०७२ साल बैशाख १२ गतेको भूकम्पले क्षतविक्षत भएको ६ वर्ष बित्यो, तर अहिलेसम्म पनि उनी बस्दै आएको घर पुनर्निर्माण हुन सकेको छैन। यही कारण भूकम्पले चर्काएकै जीर्ण घरमा टाउको लुकाउन बाध्य छिन्, उनी र उनको ५ सदस्यीय परिव...

साँघुरा घरमा संरचना थप्न पाइने

भूकम्पपछि ढुंगामाटोबाट बनेका घरमा कोठा तथा तला थप्न मिल्ने गरी कार्यविधि बनाइएको छ । मापदण्डअनुसार बनाइएका सुरक्षित घरमा अव्यवस्थित रूपमा कोठा र तला थप्न थालिएपछि कार्यविधि बनाएर व्यवस्थित गर्न खोजिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

बहुस्वामित्व भएका घरमा परिवारपिच्छे अनुदान दिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बहुस्वामित्व भएका घरमा जति परिवारको बसोबास छ उति नै लाभग्राही मानेर अनुदान दिने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका नगर क्षेत्रमा बहुस्वामित्वका घरहरूमा पुनर्निर्माण अघि बढ्न नसकेपछि कार्यकारी समितिले यस्तो निर्णय गरेको हो।

काभ्रेपलाञ्चोकमा १० हजार घर पुनर्निर्माण

काभ्रेपलाञ्चोकमा अहिलेसम्म झण्डै १० हजार घर भूकम्प पीडितले पुनर्निर्माण गरेका छन् । भूकम्पका कारण जिल्लामा ७२ हजार ४१७ घरमा क्षति भएको थियो । पुनर्निर्माण प्राधिकरण...