रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान अत्यावश्यक जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ । ‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले वितरण गरेको सो जेनेरेटरबाट विद्युत् र सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल, राम्चे, बेत्रावती, भोर्ले, हाकु र माथिल्लो जिवजिवेलगायतका क्षेत्रका वासिन्दा लाभान्वित भएका छन् । […]
बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको जैमिनी नगरपालिका प्रशासकीय भवन निर्माण पहिल्यै सकिन्थ्यो । चार पटक म्याद थप गर्दासमेत नगरपालिकाको भवन कहिले पूरा हुने हो कुनै टुङ्गो छैन । तीन वर्षमा सक्नुपर्ने भवन पाँच वर्ष बित्दा पनि पूरा नहुने अवस्थामा पुगेपछि जनप्रतिनिधि आफैँ असन्तुष्ट भएका छन् । ढिलासुस्तीका कारण नगरपालिका भाडाको […]
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीबाट सम्पर्क विच्छेद भएका क्षेत्र जोड्न तुइन जडान गरिएको तथा बेलिब्रिज र झोलुङ्गे पुल निर्माणको काम अघि बढाइएको बताएका छन्। भक्तपुरको जगातीमा आयोजित पत्रकार साक्षात्कारमा मुख्यमन्त्री थापामगरले नदी वारपार गर्न तथा खाद्यान्न र औषधि पुर्याउन तुइन जडान गरिएको बताए। सङ्घ र प्रदेश सरकारले बेलिब्रिज निर्माण सुरु गरेको तथा प्रदेशले […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, मधेस, लुम्बिनी, बागमती र गण्डकीका केही भूभागमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। राति पनि देशभर सामान्य बदली रहने तथा कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि सञ्चालन भइरहेको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ। अझै ५ हजार ३२६ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएकामध्ये ३ हजार ५३३ जना रसुवा, नुवाकोट र धादिङका ३९ […]