‘विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिनुहोस्’

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार तथा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले विकृत राजनीतिको चट्टान तोड्न राप्रपालाई भोट दिन आग्रह गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १० दक्षिणकाली नगरपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले हलोमा भोट हालेर राप्रपा उम्मेदवारलाई निर्वाचित गर्न सहयोग गरेर विकृत राजनीतिको अन्त्यमा सहभागी हुन सबै मतदातालाई आग्रह गरे ।  […]