काठमाडौँ – महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जालको सम्मेलनमा सहभागी हुनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गरेकी छन्। उनी नोभेम्बर ८ देखि १० सम्म हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिने छिन्। राष्ट्रपति भण्डारी कतार एयरवेजको विमानमार्फत सोमबार बेलुका त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपाल सरकारको स्वीकृतिमा राष्ट्रपति भण्डारी ६ दिने औपचारिक भ्रमणमा गएकी हुन्। […]