नवलपरासीमा ट्रकसहित १२ लाखको चिनी बरामद

नवलपरासी । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १२ लाख बढी मूल्य पर्ने चिनीलाई प्रहरीले नवलपरासीको बर्दघाट बजारबाट बरामद गरेको छ । पछिल्लो पटक जिल्लाका सीमावर्ती नाकाबाट चिनी तस्करी हुने गरेपनि वास्ता नगरिएकोे समाचार इमेज टिभी समाचारमा प्रसारण भएपछि प्रहरीले सक्रियता बढाएको हो । प्रहरीको सक्रियतासँगै दैनिक जसो चिनीसहितका अवैध सामान बरामद हुन थालेका हुन् । […]