सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन सवै युनिटहरुलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको जेठ १ गते निरीक्षणका क्रममा महानिरीक्षक अर्यालले सवै युनिटहरुलाई यस प्रकारको तयारी गर्न निर्देशन दिनुभएको हो । मनसुनको बारेमा पूर्व जानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको …