वित्तीय शोषणविरुद्ध आन्दोलनरत लघुवित्तपीडितहरू रातिको बासको व्यवस्था हुन नसकेपछि सडकमै बस्न बाध्य भएका छन्। दिनभर प्रदर्शन गरेका आन्दोलनकारीहरूलाई प्रहरीले पशुपतिस्थित गौशाला धर्मशालामा पुर्याए पनि कोठा अभाव देखाउँदै धर्मशालाले बस्न नदिएको अभियन्ता लक्ष्मी घिमिरेले जानकारी दिइन्। त्यसपछि आन्दोलनकारीहरू पुनः माइतीघर क्षेत्रमा फर्किएका थिए। उनीहरूले प्रहरीले आफूहरूलाई झुक्याएर गौशाला पुर्याएको आरोप लगाउँदै गृह प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त […]
देशका ठूला व्यापारिक घरानामध्ये एक शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र उनका छोरा सुलभ अग्रवाल पुर्पक्षका लागि कारागार पुगेपछि त्यसको प्रभाव एउटा व्यापारिक समूहमा मात्रै सीमित नरहने संकेत देखिएको छ । ठूलो बैंकिङ कर्जा प्रयोग गर्दै विभिन्न उद्योग सञ्चालन गरिरहेको समूहका प्रमुख व्यक्तिहरू एकपछि अर्को मुद्दामा थुनामा पुगेपछि कर्जा दिएका बैंकदेखि अन्य ठूला व्यावसायिक घरानासम्म […]