एन्फा प्रवक्ताले एकाएक किन दिए राजीनामा ?

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य किरण राईले प्रवक्ता पदबाट आज एकाएक राजीनामा दिएका छन् ।     राईले सातदोबाटोस्थित एन्फाको मुख्यालयमा पुगेर अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रवक्ता पदबाट दिएको राजीनामा पत्र बुझाएका हुन् । पछिल्लो समय एन्फा कार्यसमिति दुई खेमामा बाँडिदा तटस्थ देखिएका राईले केन्द्रीय सदस्यको भूमिकामा फुटबलमा सक्रिय भएर लाग्नका लागि राजीनामा दिएको बताए । उनले आफू कुनै खेमामा पनि नजाने भन्दै आफूसँग सहीलाई सही र गलतलाई गलत भन्नसक्ने हैसियत भएको दाबी गरे । राईले एन्फा नेतृत्वको...