वैद्य र विप्लव नेकपासहित चार दलद्वारा संयुक्त मोर्चा घोषणा

काठमाडौं । मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लवसहित चार दलले संयुक्त मोर्चा गठन गरेका छन् । वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेकपा, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीबीच विहीबार रणनीतिक मोर्चा घोषणा गरेका हुन् । मोर्चाले संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापना गर्नुपर्ने लक्ष्य राखेको छ। तत्कालका देश एवम् जनताका समस्या समाधान गर्न राष्ट्रियता, जनतन्त्र र जनजिविकाका मुद्दाहरूरमा निरन्तर जनपरिचालन र संघर्ष गर्ने मोर्चाले जनाएको छ। रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति पनि गठन गरिएको छ । समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जनाको नाम सार्वजनिक गरिएको छ । मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रमहरु पनि घोषणा गरेको छ । फागुन ६ गते बुटवल, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम मोर्चाले विज्ञप्तिमार्फत् जनाएको छ। मोर्चा घोषणा सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रतिनिधि सभाको बिघटन संसदीय व्यवस्थाको असफलताको अभिव्यक्ति भएको बताउनुभएको छ । सरकारले समाजवाद र समृद्धिको कुरा गरिरहेको भएपनि साम्राज्यवादी नवउदारवादको सिरानी हालेको उहाँको भनाई छ । उहाँले नेपालमा संसदीय व्यवस्था असफल भएको र त्यसको फाईदा लिन वैदेशिक प्रतिक्रियावादी शक्तिहरु लागेको बताउनुभयो ।

सम्बन्धित सामग्री

प्रचण्डलाई ‘महापतन’ देख्ने मोहन वैद्य र विप्लव के गर्दै छन् ?

वैद्य र विप्लवभन्दा भित्र दिशाबाट माओवादी छाडेका डा बाबुराम भट्टराई पुनः एकताको गृहकार्यमा छन् । यस्तो बेला क्रान्तिकारी धङधङी बोकेका माओवादी घटक नजिकिएलान् वा टाढिएलान्, यो भने प्रतीक्षाको विषय छ ।

वैद्य, बाबुराम र विप्लवलाई पुनः एकतामा आउन प्रचण्डको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व सहकर्मीहरू मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द ‘विप्लव’लाई पुनः एकतामा आउन आग्रह गरेका छन् । बिहीबार कैलालीमा आयोजित कार्यक्रममा उनले वैद्य, विप्लव र बाबुराम एकतामा नआए उनीहरूको पार्टी बाँकी नरहने दाबी गरे । उनले भने, ‘ढिलो नगरी । अब, बिल्कुल ढिलो नगरी म वैद्यजी […]

बन्द गराउँदै हिँडेका विप्लव र वैद्यका कार्यकर्ता पक्राउ

बजार र यातायात बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘ विप्लव’ नेतृत्वको नेकपा र मोहन वैद्य 'किरण' नेतृत्वको माओवादी क्रान्तिकारीका नौ जना कार्यकर्ता बुटवलबाट पक्राउ परेका छन् विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारीका क्रमश: चार र तीन जना तथा वैज्ञानिक समाजवादीका दुई पक्राउ परेका हुन् । नेकपा जिल्ला सदस्य नविन थारु, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलाई प्रहरीले पक्राउ गरेको हो ।क्रान्तिकारी माओवादी

मोहन वैद्य भन्छन् : आज एउटा छलाङ हान्यौं

३ माघ, काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी महासचिव मोहन वैद्य किरणले क्रान्तिकारीहरुको ध्रुवीकरण शुरु भएको बताएका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग पार्टी एकता गर्न प्रयास गरेपनि उनीहरु एक्लेवीर नेतृत्व भएको बताए । अब पार्टी एकता नभई ध्रुवीकरण गर्ने उनले बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी […]

माओवादी महाधिवेशन : वैद्य, बाबुराम, बादल, विप्लव नहुँदा खल्लो

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । उदघाटनको अघिल्लो दिनसम्म माओवादीले प्रथम राष्ट्रिय सम्मेलन भन्दै आएको थियो । तर, पछि एकाएक उसले महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको थियो ।महाधिवेशनमा माओवादीको पहिचान बोकेका नेताहरू देखिएनन् । ०५२ सालमा माओवादी आन्दोलन सुरु हुँदा पुष्पकमल दाहाल प्रचण्डलाई मोहन वैद्य किरण, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट, सीपी गजुरेललगायतका साथ दि

विप्लव, वैद्य लगायतका ६ पार्टीले घेरे एमसीसीको नेपालस्थित कार्यालय

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी सहित ६ राजनीतिक दलले एमसीसीको विरोधमा एमसीए नेपालको कार्यालय घेराउ गरेका छन् । ६ राजनीतिक दल र २ मोर्चाका तर्फबाट एमसीए नेपालको कार्यालय रहेको याक एन्ड यति होटल घेराउ गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)ले जनाएका छन् । '​MCC सम्झौताको खारेजीका निम्ति ६ राजनीतिक पार्टी र २ मोर्चाहरूद्वारा काठमाडौंमा MCA कार्यालय रहेको Yak and Yeti Hotel घेराउ,' प्रकाण्डले केही तस्वीरसहित फेसबूकमा लेखेका छन् ।

विप्लव र बादलबीच भेटवार्ता

काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ। पूर्वमाओवादी नेता 'बादल'लाई भेट्न विप्लव नेताहरू खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगरसहित उनको निवासमा पुगेका थिए। सशस्त्र युद्धमा सहभागी दुवै नेताहरू तत्कालीन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा सँगै थिए। पछिल्लो हप्ता विप्लवले नेताहरुसँगहरुको भेटघाटलाई तीव्रता दिएका छन्।