प्रदेशको नामकरण संघीयताविपरीत भएको उपेन्द्र यादवको आरोप

काठमाडौं, ४ माघ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामकरण संघीयताविपरीत भएको बताएका छन्।बुधबार साँझ मधेस प्रदेश सरकारले प्रदेशको नाम घोषणाको स्मरणमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।उनले मधेसबाहेकको नाम संघीयताविपरीत राजा महेन्द्रको पथमा नामकरण गरिएको आरोप लगाए। उनले पहिचानमा आधारित प्रदेश मधेस मात्र रहेको जिकिर गरे। संघीयताविपरीत नामकरण गरिएकाले कोसी प्रदेशको नाम जनताले अस्वीकार गरेको उनको भनाइ थियो।

सम्बन्धित सामग्री

मधेशको मुख्य चुनौती भ्रष्टाचार हाे : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नामकरण संघीयताविपरीत भएको आरोप लगाएका छन् ।

काेशी नामकरणविरुद्व भइरहेकाे पहिचानवादीकाे आन्दाेलनलाई जसपाकाे समर्थन

काठमाडौँ- पहिचानवादीको आन्दोलन चर्किंदै गएपछि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामकरण परिवर्तन हुनु पर्ने जनाएकाे छ । अध्यक्ष यादवले जारी गरेको आन्तरिक सर्कुलर अनुसार तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं १ नै कायम हुनुपर्ने र प्रदेशसभाले पहिचान अनुसारको नाम परिवर्तन गरेमा मात्र उ...