कनकाई नदीबाट ठूलो परिमाणमा तस्करी गरिएका सालका काठ बरामद

झापा : तस्कर समूहले इलामको वन जंगलबाट सखुवाको(साल) काठ चोरी निकासीको माध्यमबाट झापा ल्याउने गरेको पाइएको छ। सशस्त्र प्रहरीले कनकाई नदीबाट ठूलो परिमाणमा सखुवा जातको गोलिया बरामद गरेपछि काठ तस्कर गिरोह यस्तो धन्दामा सक्रिय रहेको भेटिएको हो। सशस्त्रले कनकाई नगरपालिका-४ र शिवसताक्षी नगरपालिका-१ सीमाबाट बग्ने कनकाई नदीबाट करिब १५ लाख मूल्य बराबरको गोलिया काठ बरामद गरेको छ।तस्करले कनकाई नदीबाट बगाएर गोलिया काठ ल्याइरहेको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी रमे

सम्बन्धित सामग्री

महोत्तरीको वन क्षेत्रबाट ५४ क्युफिट सालको चिरान काठ बरामद

जनकपुरधाम : महोत्तरीको बर्दिवास नगरपालिकाको दुर्गम इलाकाको वन क्षेत्रबाट अवैध सालको काठ तस्करी गर्न लागेको अवस्थामा पक्राउ गरिएको छ। बर्दिबास–११ खयरमारा स्थित बाँके र छोड्के दोभानबाट डिभिजन वन कार्यालय महोत्तरीले अबैध काठ सालको ५४ क्युफिट चिरान काठ बरामद गरेको हो। सर्लाही, महोत्तरी र सिन्धुलीको माझमा पर्ने राई दमार दुर्गम क्षेत्रबाट ९४ थान सालको चिरान कडी बरामद गरिएको हो। महोत्तरी जिल्लाको विकट गाउँ मानिने बाँके र छोड्के दोभानमा चुरिया वन क्षेत्रबाट बहुमूल्य सालका काठ कटान गरेर तस्करी भएर रहस्य खुलेको हो। ...