राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले वित्तीय क्षेत्रमा देखिएको मुख्य चुनौती मूल्यवृद्धिलाई तोकिएको सीमाभित्र राख्ने, तरलता व्यवस्थापन र आयात नियन्त्रण गर्ने विषय रहेको बताएका छन् । बिहीबार संघीय संसदको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले यी तीन समस्याले अर्थतन्त्रलाई विस्तारै गाँज्दै गएको बताए ।