संसद्को कार्यकाल बढाउने गरी बनेको विधेयकप्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण

काठमाण्डाै – निर्वाचन आयोगले संसद्को कार्यकाल चुनावपछिसम्म हुने गरी सघीय संसदमा पेस भएको विधेयकप्रति गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । आयोगले आज साेमवार एक विज्ञप्ति निकालेर प्रतिनिधि सभा तथा प्रदेश सभाको कार्यकाल सम्बन्धमा सङ्घीय संसदमा पेस भएको विधेयकको विषयमा ध्यानाकर्षण भएको जनाएको हो । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्बन्धमा स्पष्टता नभएको र प्रत्येक सदस्यको चुनावको मितिलाई आधार मानी गणना गर्दा फरक–फरक मितिमा चुनाव भएको मान्नुपर्ने अवस्था देखिएको आयोगको विज्ञ...