संकटोन्मुख अर्थतन्त्र : खतराको घण्टी बजाउँदै अधिकांश सूचक

चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिना अर्थात् वर्षको मध्यावधिमा आइपुग्दा मुलुकको अधिकांश आर्थिक सूचांकहरू ऋणात्मक देखिएका छन् । बजार महँगी बढेको छ भने तीव्र आयातले व्यापार घाटा चुलिएको छ । यता, विदेशी मुद्राको सञ्चिति क्रमशः घट्दै गइरहेको छ । उता विप्रेषण आप्रवाह (रेमिट्यान्स) समेत अनपेक्षित रूपमा घटिरहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) अधिकतम ५.५ प्रतिशतले घटेर ४६८ अर्ब रुपैयाँमा झरेको छ । अझ यो भन्दा पनि डरल