सरकारले दूरसञ्चार सेवाशुल्क घटाएपछि कति सस्तो हुन्छ इन्टरनेट मूल्य ?

सरकारले बजेट मार्फत दूरसञ्चार सेवाशुल्क घटाए पनि इन्टरनेट मूल्य भने केहि रुपैयाँले मात्र सस्तो हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.ब.२०७९/८० को वार्षिक बजेट वक्तव्य मार्फत दूरसञ्चार सेवाशुल्क ३% ले कटौटी गरिएको घोषणा गरेका हुन्।यस अघि  दूरसञ्चार सेवाशुल्क १३ प्रतिशत रहेकोमा अब १० प्रतिशत कायम गरिएको हो । यसबाट इन्टरनेटको शुल्क करिब १७ रुपैयाँ कम हुने इन्टरनेट सेवा प्रदायक संघ आईस्पानले जनाएको छ ।कुल इन्टरनेट शुल्क ५०० हुँदा दुरसंचार सेवा शुल्क ६५ रुपैयाँ तिर्नु पर्थ्यो । अब भने दुरसंचार सेवा शुल्क ५० रुपैयाँ मात्र तिरे पुग्छ। यसो गर्दा कुल ५५० भयो, जसमा ५० रुपैयाँ दुरसंचार सेवा शुल्क हो भने ५०० रुपैयाँ इन्टरनेटको शुल्क हो । त्यसमा मर्मत तथा सम्भार शुल्क ५०० जोड्दा कुल १०५० हुन्छ । यसमा १३ प्रतिशत भ्याट लाग्दा कुल रकम १३६ रुपैयाँ ५ पैसा भ्याट तिर्नु पर्छ । भ्याट सहितको शुल्क ११८६ रुपैयाँ ५० पैसा हुन्छ । अर्थात् दुरसंचार सेवा शुल्क १० प्रतिशत हुँदा ५०० को इन्टरनेट खरिद गर्ने ग्राहकको कुल शुल्क ११८६ रुपैयाँ ५० पैसा हुन्छ ।दुरसंचार सेवा शुल्क १३ प्रतिशत हुँदा ५०० को इन्टरनेट खरिद गर्ने ग्राहकको कुल शुल्क १२०३ रुपैयाँ ४५ पैसा तिर्नु पर्थ्यो। यस हिसाबमा ग्राहकको भार करिब १७ रुपैयाँले मात्र घट्ने छ ।

सम्बन्धित सामग्री

सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी बन्यो डिसहोम

टेलिभिजन तथा इन्टरनेट सेवाप्रदायक कम्पनी डिस मिडिया नेटवर्क लिमिटेडले नेपालमा सबैभन्दा सस्तोमा इन्टरनेट सेवा प्रदान गर्ने कम्पनी डिसहोम फाइबर नेट भएको छ

३३३ रुपैयाँमै वाईफाई–नेपालको ३० एमबीपीएस इन्टरनेट

नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ ।विद्यमान कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित सेवा सञ्चालनमा ल्याएको हो ।सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्‍याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वाईफाई–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन थालेको छ […]

इन्टरनेट सेवा प्रदायक कम्पनी ‘वाईफाई नेपाल’को सेवा सुरु

काठमाडौँ – नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई–नेपालले आफ्नो सेवा सुरु गरेको छ। कम्पनीले बजारको सबैभन्दा सस्तो इन्टरनेट प्याकेजसहित बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको जनाएको छ। सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पुर्‍याउने उद्देश्यसहित वाईफाई–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीको दाबी छ। कम्पनीका अनुसार वाईफाई–नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन […]

सस्तो मूल्यमा इन्टरनेट सेवा उपलब्ध

काठमाडौँ, जेठ ८ । नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वल्डलिङ्क कम्युनिकेसन लिमिटेडले बुधबारदेखि लागू हुने गरी ३३ सय रूपैयाँमा २०० एमबीपीएसको तीनमहिने इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ। नेटटिभी प्रयोग नगर्ने ग्राहक लक्षित यो प्याकेज बजारमा उपलब्ध भएकामध्ये सर्वसुलभ विकल्प भएको कम्पनीको दाबी छ। यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबलर डुअल ब्यान्ड राउटर […]

डिशहोमको अफरः ८९९ रुपैयाँमा १०० एमबीपीएसको इन्टरनेट

काठमाडौँ– छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिशहोमले सस्तो मूल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ। यसैक्रममा कम्पनीले मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ। डिशहोमले बिगत केही समयदेखि विभिन्न योजनाहरुमार्फत बजारमा आक्रामक उपस्थिति जनाइरहेको छ। यस अफरअन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ […]

यी ठाउँमा उपलब्ध छ डिशहोमको इन्टरनेट

सन् २०२० मा इन्टरनेट सेवा शुरू गरेको डिशहोम फाइबरनेट अहिले देशका प्रमुख शहरमा पुगिसकेको छ । छिटो, भरपर्दो र सस्तो इन्टनरेट प्रदान गर्ने प्रतिवद्धतासहित स्थापना भएको डिशहोम फाइबरनेटले अहिले १० देखि १०० एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराउदै आएको छ ।  अब ३०० एमबीपीएसको इन्टरनेट सेवा शुरू गर्ने तयारीमा डिशहोम रहेको छ । डिशहोम फाइबरनेट नेपालका प्रमुख शहर काठमाडौं, भक्तपुर,...

विद्युत् प्राधिकरण ठूलो तगारो र समस्या बन्यो : इन्टरनेट सेवा प्रदायक

इन्टरनेट सेवा प्रदायकहरूले सस्तो र गुणस्तरीय इन्टरनेट सेवा प्रवाहमा नेपाल विद्युत् प्राधिकरण तगारो बनेको आरोप लगाएका छन् । प्राधिकरणले पोल तथा ओपिजिडब्लू भाडादर अचाक्ली बढाएको आरोप उनीहरूको छ ।  पुनरावलोकन समितिको...

चौधरी ग्रुपको इन्टरनेट सेवा सुरू

चौधरी ग्रुप (सीजी)ले मंगलबारबाट काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । ग्रुपअन्तर्गतको सीजी नेटले बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तोमा सीजी नेट सुरु गरेको हो । चौधरी ग्रुपका निर्वान चौधरीले उच्चतम स्पिडको इन्टरनेट सुरु गरेको जानकारी दिएका छन् ।उनले वर्ल्ड कलास प्रविधिको इन्टरनेट सस्तो मूल्यमा उपलब्ध गराएको बताएका छन् । हाल काठमाडौं उपत्यकामा मात्रै […]