फ्लोरमा ‘गोर्खा वारियर–२’

करिब आधा छायाँकन  सकिएपछि रोकिएको फिल्म ‘गोर्खा वारियर–२’ फेरि फ्लोरमा निस्किएको छ । बिहीबारदेखि फिल्मको छायाँकन सिन्धुलीबाट सुरु भएको हो । सिन्धुलीको भद्रकाली मन्दिरमा पूजा गर्दै फिल्मको छायाँकन फेरि सुरु गरिएको निर्देशक मिलन चाम्सले बताए ।सिन्धुली पछि फिल्मको छायाङ्कन तनहुँ, सोलुखुम्बुमा समेत हुनेछ । नेपाल छायाङ्कन सकिएपछि फिल्म युनिट बेलायत, भारत, मलेशिया लगायतका देशमा जानेछ ।रेविका गुरुङ, विजय लामा, रीयर राई, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप