२३ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले बुधबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनअघि कम्तीमा १२ जना मन्त्रीले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । राजीनामा दिनेहरुमा स्वास्थ्यमन्त्री हर्ष वर्धन, शिक्षामन्त्री रमेश पोख्रियाल निशांक, श्रममन्त्री सन्तोष गांग्वारलगायतका मन्त्री छन् । […]