कता जाला विश्व अर्थतन्त्र ?

विश्वमा देखिएको विस्तारले आगामी वर्षहरूमा संयुक्त राष्ट्रसंघले सन् २०३० सम्मको आर्थिक विकासको लक्ष्यअनुसारको विवरण हासिल हुने सम्भावना भने कमजोर रहेको बताइएको छ । कोभिड–१९ को प्रभाव सन् १९३० र सन् २००८/०९ को विश्व आर्थिक संकटभन्दा पनि ठूलो रहने प्रक्षेपण गरिएको थियो । अन्तर्राष्ट्रिय मुद्रास्फीतिले पनि सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ३ प्रतिशतमा खुम्चिने आकलन […]

सम्बन्धित सामग्री

संकटउन्मुख विश्व अर्थतन्त्र

विश्व अर्थव्यवस्था चुनौतीपूर्ण अवस्थामा छ । विशेषतः कोभिड–१९ को महामारीबाट थलिएको विश्व अर्थतन्त्र तथा सामाजिक जीवनमा सुधार भई सामान्य अवस्थामा नआउँदै रुस–युक्रेन युद्ध हुनु, विश्वका शक्ति राष्ट्रहरूबीच राजनीतिक तथा सामरिक समूहको प्रभुत्व देखाउने प्रवृत्ति बढ्दै जानुले थप समस्या उत्पन्न गराएको छ । अहिले दक्षिण एसियामा बलियो अर्थतन्त्र मानिएका श्रीलंका, पाकिस्तान, माल्दिभ्ससमेत बाह्य तथा आन्तरिक संकटको […]

‘विश्व अर्थतन्त्र अझै चुनौतीपूर्ण, व्यक्ति बेच्ने कि वस्तु’

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले सन् २०२३ मा विश्व अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थाबाट गुज्रने अनुमान गरिएकाले नेपालले आफ्नो अर्थतन्त्रलाई उचित ढंगले व्यवस्थापन गर्नुपर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आज काठमाडौँमा आयोजना गरेको ‘अर्थतन्त्रः अबको बाटो’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै वाग्लेले नेपालले आफ्नो वित्तीय खाता व्यवस्थापनमा ठूलो चुनौती भोग्नु परेको बताएका हुन् […]

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

सन् २०२० देखि विश्वमा महामारी फैलाइरहेको कोरोना भाइरस संक्रमणका कारण थला परेको विश्व अर्थतन्त्र सन् २०२३ मा थप पीडाबाट गुज्रने विशेषज्ञहरुले बताएका छन् । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा बर्णन गर्नुभएको छ । सन् २०२३ मा थप निराशाको लागि तयार हुनुपर्ने आर्थिक विश्लेषकहरूले बताएका छन् । …

सन् २०२३ मा विश्व अर्थतन्त्र थप पीडाबाट गुज्रँदै

१३ पुस । कोभिड–१९ को महामारीपछि विश्व अर्थतन्त्रका लागि यो पुनरागमनको वर्ष हुने अपेक्षा गरिएको थियो । सन् २०२२ मा नयाँ युद्ध, उच्च मुद्रास्फीति र जलवायुसँग सम्बन्धित विपत्तिहरू आए । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक तथा इतिहासकार एडम टुजले यो बर्षको सङ्कटलाई एक ‘पोलिक्राइसिस’ का रूपमा बर्णन गरेका छन् । सन् २०२३ मा थप निराशाको लागि तयार […]

विश्वकप फुटबल र विश्व अर्थतन्त्र

विश्व अर्थतन्त्रमा न्यून योगदान गर्ने उदयोन्मुख राष्ट्रमा आगामी प्रतियोगिता हुन सक्ने संभावना कम देखिन्छ।...

विश्व अर्थतन्त्र र नेपालमा प्रभाव

आजको विश्वले जलवायु परिवर्तन, कोभिड–१९, विभिन्न खाले राजनीतिक द्वन्द्व, मूल्यवृद्धि, खाद्य तथा ऊर्जा संकट र रासायनिक मलको अभावको सामना गरिरहेको छ भने यसै बीचमा रूस–युक्रेन युद्धले यो संकटमा ऊर्जा थपेको अवस्था छ । कोभिड–१९ ले थिलथिलो पारेको विश्व अर्थतन्त्रलाई अहिले उच्च मूल्यवृद्धिले आक्रान्त बनाएको र अब विश्व नै मन्दीको चपेटामा पर्ने त्रासले सताएको छ । […]

विश्व अर्थतन्त्र खस्कने प्रक्षेपण

कोभिड–१९   को   नयाँ   भेरियन्ट ओमिक्रोनले   विश्वलाई   आक्रान्त बनाउन  थालेपछि  विश्व  अर्थतन्त्र अपेक्षितभन्दा  अझ  कमजोर  हुने प्रक्षेपण गर्न थालिएको छ । अन्तर्राष्ट्रिय   मुद्रा   कोषले मङ्गलबार    सार्वजनिक    गरेको प्रतिवेदनअनुसार ओमिक्रोनका कारण अन्तर्राष्ट्रिय तथा देशभित्रको आवतजावतमा  प्रतिबन्ध  लागेको, ऊर्जाको   मूल्य   बढेको,   आपूर्ति शृङ्खलामा    अवरोध    सिर्जना भएकाले विश्वको ...

विश्व अर्थतन्त्र : सन् २०२२ मा पुनर्जीवन लेला ?

सोमनाथ लामिछाने / कोरोनाभाइरस महामारीका कारण सङ्कटमा फसेको विश्व अर्थतन्त्रले सन् २०२२ मा पुनर्जीवन प्राप्त गर्ला ? विश्वका प्रमुख अध्ययनहरुले सन् २०२२ मा विश्व अर्थतन्त्रको वृद्धि ४.९ प्रतिशतको हाराहारीमा रहने देखाएका छन् । सन् २०२० मा माइनस ३.१ को तुलनामा यो सकारात्मक वृद्धि हो, तर सन् २०२१ मा रहेको ५.९ प्रतिशतको तुलनामा यो झण्डै एक […]

२०२१ को विश्व अर्थतन्त्र : चीनभन्दा भारत अगाडि जाने प्रक्षेपण

कोभिड १९ को महामारीको चपेटामा परेको विश्व अर्थतन्त्र सन् २०२१ मा उकासिने अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्लेषण छ । एशियामा यस वर्ष चीनको भन्दा भारतको आर्थिक वृद्धिदर बढी हुने कोषको प्रक्षेपण छ ।चीनको अर्थतन्त्र सन् २०१९ मा ६.० प्रतिशतले बिस्तार भएकोमा सन् २०२० मा २.३ प्रतिशतमा खुम्चिएको थियो । भारतको अर्थतन्त्र सन् २०१९ मा ४.० प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ७.३ प्रतिशतले संकुचन भएको थियो । सन् २०२१ मा चीनको आर्थिक वृद्धि ८.१ प्रतिशत र भारतको ९.५ प्रतिशत रहने कोषको प्रक्षेपण छ ।विकासशील देश

विश्व अर्थतन्त्र ६ % ले बढ्ने आईएमएफको अनुमान

साउन १३, न्यूयोर्क (अमेरिका) । यस वर्ष विश्व अर्थतन्त्र ६ प्रतिशतले बढ्ने अनुमान अन्तरराष्ट्रिय मुद्रा कोषले गरेको छ । कोरोनाभाइरसको महामारीका कारण उत्पन्न आर्थिक मन्दीबाट विश्वको धनी देशहरु विशेषगरी अमेरिकामाथि आउन थालेसँगै विश्वको आर्थिक परिदृश्य सुध्रिएको कोषले बताएको हो । कोरोनाभाइरसको संक्रमण विरोधी खोप लगाउन संघर्षरत गरिब देशहरुको वृद्धि प्रक्षेपण भने कोषले कटौती गरेको छ ।  समग्रमा विश्व अर्थतन्त्र यस वर्ष ६ प्रतिशतले बढ्ने बताइएको छ । यो अप्रिलमा गरिएको प्रक्षेपणकै यथावत् हो । गतवर्ष भने महामारीका कारण विश्व अर्थतन्त्र ३ दशमलव २ प्रतिशतले खुम्चिएको थियो । प्रक्षेपण साकार भएमा यो विश्व अर्थतन्त्रमा सन् १९८० यताकै उच्च वृद्धि हुने छ ।  यद्यपि खोप कार्यक्रममा देखिएको असमानताका कारण आर्थिक वृद्धिदरमा विषमता देखिएको छ । विकसित अर्थतन्त्र यस र्वा ५ दशमलव ६ प्रतिशतले बढ्ने अनुमान छ । अप्रिलमा गरिएको प्रक्षेपणमा यो दर ५ दशमलव १ प्रतिशत रहने बताइएको थियो । उदीयमान बजार र विकाशिल अर्थतन्त्रको वृद्धि प्रक्षेपण यस अघिको तुलनामा शून्य दशमलव ४ प्रतिशतले घटाएर ६ दशमलव ३ प्रतिशतमा झारिएको छ । धनी र गरिब देशहरु बीच खोपमा देखिएको असमानता पुर्न धेरै गर्न जरुरी रहेको कोषकी प्रमुख अर्थशास्त्री गिता गोपिनाथले बताइन् ।  महामारी विश्वभरबाटै पराजित नभएसम्म पुनःबहाली सुनिश्चित नहुने उनको भनाइ छ । गरिब देशहरुलाई खोपको १ अर्ब मात्रा उपलब्ध गराउने वाचा तत्कालै पूरा गर्न पनि उनले धनी देशहरुलाई अनुरोध गरेकी छिन् । यस वर्ष अमेरिकी अर्थतन्त्र ७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । यो दर अप्रिलमा गरिएको प्रक्षेपणको तुलनामा शून्यदशमलव ६ प्रतिशत बढी हो ।  सन् २०२१ मा यूरोजोन ४ दशमलव ६ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । जापानी अर्थतन्त्रमा २ दशमलव ८ प्रतिशतको वृद्धि आउने अनुमान छ । चीनको अर्थतत्र ८ दशमलव  ज्ञप्रतिशत र भारतीय अर्थतन्त्र साढे ९ प्रतिशतले बढ्ने कोषको प्रक्षेपण छ । एजेन्सी