स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

ओसासुनामाथि जित निकाल्दै स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी घटाएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले ओसासुनामाथि २-० को जित निकालेको हो । रियल मड्रिडलाई जित दिलाउन फेडेरिको भाल्भर्डे र मार्को एसेन्सियोले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल मड्रिडले दुवै गोल दोस्रो हाफमा गरेको …

सम्बन्धित सामग्री

स्पेनिस ला लिगामा रियल मड्रिड र बार्सिलोना विजयी

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा रियल मड्रिडले ग्रानडालाई १–०  गोल अन्तरले पराजित गरेको हो । खेलको ७४औँ मिनेटमा रियलका मार्को एसेन्सियोले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै रियलले २३ खेलमा ५३ अङ्क जोडेको छ । रियल अङ्क तालिकाको शीर्ष स्थानमा छ । यस्तै, गएराति नै भएको खेलमा  बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले  पराजित गरेको छ । १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिको मड्रिडलाई ४–२ गोल अन्तरले हराएको हो । &nbs...

स्पेनिस ला लिगा : रोमाञ्चक खेलमा रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं । गएराति भएको स्पेनिस ला लिगामा रियल मड्रिड बराबरीमा रोकिएको छ । शीर्ष स्थानको मड्रिड इल्चेसँग २–२ गोलको बराबरीमा रोकिएको हो । इल्चेले लिएको दुई गोलको अग्रतालाई उल्टाएर रियलले बराबरी खेलेको हो । रोचक बनेको खेलको ३३ औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टी गोल गर्न सकेनन् । पेनाल्टी मिस भएपछि रियल सुरुवाती अग्रता बनाउन चुकेको […]