काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र अरब गणतन्त्र इजिप्टका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा खालेद अब्देल गफारबीच भेटवार्ता भएको छ।कायरोको नयाँ प्रशासनिक राजधानीमा भएको भेटवार्तामा उनीहरूबीच नेपाल–इजिप्ट सम्बन्ध र द्विपक्षीय सहयोगका विविध आयामका बारे विचार विमर्श भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ।मन्त्री बस्नेत यही भदौ १९ देखि २२ गतेसम्म कायरोमा आयोजना भइरहेको स्वास्थ्य, जनसङ्ख्या तथा विकाससम्बन्धी विश्व सम्मेलन, २०२३ मा भाग लिने सिलसिलामा इजिप्ट भ्रमणमा छ