भारतीय नौसेनाको लडाकु विमान दुर्घटना

एजेन्सी । भारतको गोवा नजिकै नौसेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । विमान मिग २९ नियमित उडानका बेला दुर्घटनाग्रस्त भएको हो । दुर्घटनापछि पाइलट विमानबाट सुरक्षित बाहिर निस्कन सफल भएका छन् । नौसेनाले समुद्रमाथि दुर्घटनाग्रस्त विमानको पाइलटलाई सुरक्षित रुपमा बचाउन सकिएको छ । यो विमान उडान पछि आफ्नो आधारमा फर्किरहेको थियो । प्रारम्भिक जानकारी […]

सम्बन्धित सामग्री

रुसी लडाकु विमान दुर्घटना, १३ जनाको मृत्यु

रुसी एसयु-३४ लडाकु विमान दुर्घटनामा हुँदा १३ को मृत्यु भएको छ । रुसी आपत्कालीन अवस्था मन्त्रालयले दुर्घटनास्थलमा १३ जनाको मृत्यु भएको जनाएको हो ।मृत्यु हुनेमा तीन बालबालिका पनि रहेको समाचार एजेन्सी तासले जनाएको छ । १९ घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र दुर्घटनामा परेका ६८ जनाको उद्धार गरिएको बताइएको छ । यसअघिका रिपोर्टहरूले दक्षिणी सैन्य जिल्लाको एयरफिल्डबाट प्रशिक्षण उडानको क्रममा उचाइ प्राप्त गर्ने क्रममा विमान दुर्घटना भएको र पाइलटहरू दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल

रुसको येइस्कमा लडाकु विमान दुर्घटना

एजेन्सी । रुसको दक्षिणी सहर येइस्कमा सोमबार राति एउटा लडाकु विमान दुर्घटना भएको छ । दुर्घटना एक आवासीय भवनमा भएको थियो।

भारतीय लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु

काठमाडौं : भारतीय वायुसेनाको एउटा लडाकु विमान राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको छ।  गएराति दुर्घटनाग्रस्त भएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ। विमानमा दुई जना पाइलट सवार रहेको र दुवै पाइलटको मृत्यु भएको वायु सेनाप्रमुख एयर चीफ मार्शल वीआर चौधरीले पुष्टि गरेका छन्।  वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन कोर्ट अफ इन्क्वायरीको आदेश दिएको छ। एएनआईका अनुसार भारतीय वायुसेनाले यस दुर्घटनामा ज्यान गुमाएका दुवै पाइलटको मृत्युमा शोक व्यक्त गरेको छ।

दक्षिण कोरियामा लडाकु विमान दुर्घटना हुँँदा ३ चालकको मृत्यु

काठमाडौं । दक्षिण कोरियाको वायु सेनाको लडाकु विमान दुर्घटना हुँँदा ३ जना चालकको मृत्यु भएको छ । दक्षिण कोरियाको प्रशिक्षणको क्रममा रहेको सैनिक विमानमा सवार देशको दक्षिणपूर्वी शहर साचियोनमा भएको विमान दुर्घटनामा एक चालक घाईते भएका छन् । दक्षिण कोरियाको के टी–१ ट्रेनर जेट राजधानी सियोलबाट करिब ४ सय ४० किलोमिटर दक्षिणपूर्वको साचियोनको धान खेतमा […]

इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तर पश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ ।स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ  । यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाइएको छ । –एएफपी

इरानमा लडाकु विमान दुर्घटना, पाइलटले मानव बस्ती बचाउन आफ्नै ज्यानको आहुति दिए

९ फागुन, काठमाडौं । इरानमा एक लडाकु विमान दुर्घटना भएको छ । तब्रिज शहरमा भएको उक्त दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ । सोमबार शहरी क्षेत्रमा भएको विमान दुर्घटनामा परी दुई जना चालक र खुला स्थलमा पार्किङ गरेर राखेको कारमा रहेका सर्वसाधारणले ज्यान गुमाएका हुन् । प्राविधिक समस्याका कारण तालिममा प्रयोग हुँदै आएको एफ-५ […]

इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

तेहरान । एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तर पश्चिमी सहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार […]

इरानको लडाकु विमान दुर्घटना, तीन जनाको मृत्यु

९ फागुन: एक इरानी सैन्य जेट लडाकु विमान सोमबार उत्तरपश्चिमी शहर ताब्रिजको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई सदस्यसहित तीन जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । स्थानीय रेड क्रिसेन्टका प्रमुखले जेट एक विद्यालयमा ठोक्किएको र मृतक मध्ये एक छिमेकका बासिन्दा रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान भइरहेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले […]

साउथ चाइना सीमा अमेरिकी लडाकु विमान दुर्घटना

साउथ चाइना सीमा यूएसएस कार्ल भिन्सन नामक अमेरिकी युद्धपोतमा लडाकु विमान दुर्घटनामा परेको छ । युद्धपोतको ल्याण्डिङ डेकमा दुर्घटना हुन अघि यूएस एफ–३५ विमानका पाइलट भने विमानबाट निस्कन सफल भएको अमेरिकी प्यासिफिल फ्ल्टिले जनाएको छ ।नियमित अपरेसनका दौरान सो दुर्घटना भएको बताइएको छ । घटनामा सात जना घाइते भएका छन् । घाइते मध्ये तीन जनालाई फिलिपिन्सको मनिलास्थित अस्पतालमा पुर्‍याइएको थियो । पाइलटसहित उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।सो दुर्घटनाबारे अनुसन्धान भइरहेको वक्तव्यमा भनिएको छ ।

भारतीय वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त

एजेन्सी। भारतको पञ्जाबको मोगामा भारतीय वायुसेनाको एक विमान दुर्घटना भएको छ। वायुसेनाको मिग–२१ लडाकू विमान दुर्घटनाग्रस्त भएको हो। भारतीय वायुसेनाले विमान नियमित परीक्षण उडानमा रहेको समयमा दुर्घटना भएको जनाएको छ। एएनआईले गरेको ट्विटमा सेनाले गएराति लडाकु विमान दुर्घटना भएको जानकारी दिएको उल्लेख छ।