काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कार्य संयोजन समितिको बैठकका लागि सातवटा एजेन्डा पारित गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकले छलफलका लागि सातवटा एजेन्डा पारित गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए। ज्वालाका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको छ। बैठकमा राष्ट्रिय राजनीतिक परिस्थिति, संगठन विस्तारदेखि […]
नयाँ दिल्ली । उडानका क्रममा ककपिटभित्रै सहपाइलटले आपत्कालीन बन्चरोले गरेको सांघातिक आक्रमणको प्रतिरोध गर्दै १७४ जनाको ज्यान जोगाएका फ्लाई दुबईका क्याप्टेन स्मित मच्छारलाई इजरायलले सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने भएको छ। गम्भीर घाइते अवस्थामै सहपाइलटको प्रयास विफल पारी विमान सुरक्षित रूपमा नियन्त्रणमा लिएका भारतीय क्याप्टेन मच्छारलाई ‘प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइज्म’ प्रदान गर्न लागिएको हो। […]
जिल्लामा रहेका तालतलैया, नदी आसपास क्षेत्रमा रहेका जङ्गली धान यस वर्ष करिब ४० प्रतिशतसम्म मात्रै रहेका धानको स्थलगत अनुगमन गरेका धान प्रजननविज्ञ डा मुकुन्द भट्टराईले जानकारी दिए।
वासिङ्टन, २३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन् । उनले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दाबी गरेका छन् । ट्रम्पको घोषणाअघि अमेरिकी सञ्चारमाध्यमले ह्वाइट हाउसले इरानका सम्भावित सैन्य लक्ष्यमा आक्रमणको योजना बनाउन पेन्टागनलाई निर्देशन दिएको […]
मेक्सिको सिटी, २३ असोज । उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको दङ्गामा नौ कैदी र एक परिवारका सदस्य गरी १० जनाको मृत्यु भएको छ भने १६ कैदी घाइते भएका छन् । बन्दरगाह सहर माजाट्लानस्थित उक्त कारागारमा परिवारका सदस्य भेट्न आएका बेला दङ्गा भड्किएको राज्यका अधिकारीहरूले बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार झडपका […]