आर्थिक वर्षको अन्तिम शेयर कारोबार आज, वर्षभरमा ८८१ अंकले घट्यो नेप्से सूचक

आज असार ३१ गते शुक्रबार आर्थिक वर्ष ७८/७९ को अन्तिम शेयर कारोबार हुदै छ । आज शुक्रबार भएकोले २ घण्टामात्र शेयर कारोबार हुने छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले शुक्रबारको दिनमा ११ बजेदेखि १ बजेसम्म  कारोबार संचालन गर्ने गरेको छ। यस आर्थिक वर्षमा हालसम्म नेप्से सूचक ८८१.८५ अंकले घटिसकेको छ । आर्थिक वर्ष ७७/७८ को अन्तिम दिन नेप्से सूचक २८८३.३८ को बिन्दुमा रहेकोमा आज शुक्रबारको कारोबार अगाडी नेप्से सूचक २००१.५३ को बिन्दुमा रहेको छ । त्यस्तै यस अवधिमा शेयर बजार पुँजीकरण ११ खर्ब ५२ अर्बले घटेको छ । आर्थिक वर्ष ७७/७८ को अन्तिम दिन शेयरबजार पुँजीकरण ४० खर्ब १० अर्ब रहेकोमा आज शुक्रबारको कारोबार अगाडी शेयरबजार पुँजीकरण २८ खर्ब ५८ अर्ब रहेको छ । 

सम्बन्धित सामग्री

यस आर्थिक वर्षमा ११ खर्ब ७९ अर्बको शेयर कारोबार, लगानीकर्ताले गुमाए ११ खर्ब

आर्थिक वर्ष ७८/७९ मा  नेप्से सूचक ८७३.९२ अंकले घटेको छ । आर्थिक वर्ष ७७/७८ को अन्तिम दिन नेप्से सूचक २८८३.३८ को बिन्दुमा रहेकोमा आज यस आर्थिक वर्षको कारोबारको अन्तिम दिन  शुक्रबारको कारोबार  पश्चात नेप्से सूचक २००९.४६ को बिन्दुमा रहेको छ । यस आर्थिक वर्ष कुल २३२ दिन शेयर कारोबार भएको छ । यी दिनमा कुल ११ खर्ब ७९ अर्ब २६ करोड ८८ लाख ५९ हजार ९९ रुपैयाँको शेयर कारोबार भएको छ । सबै भन्दा धेरै कारोबार २०७८ साउन ३१ गते भएको थियो । त्यस दिन २१ अर्ब ६४ करोड ७६ लाख बराबरको कारोबार भएको थियो । सो दिन सूचक ३१५४.०३ को बिन्दुमा रहेको थियो । त्यस्तै सबै भन्दा कम कारोबार २०७९ असार ३ गते शुक्रबार भएको थियो । त्यस दिन ७३ करोड ६३ लाख १२ हजारको कारोबार भएको थियो । त्यस दिन सूचक १९७१.३८ को बिन्दुमा पुगेको थियो । यस आर्थिक वर्षमा २०७८ भदौ २ गते नेप्से सूचक सबैभन्दा उच्च बिन्दुमा पुगेको थियो । त्यस दिन सूचक ३१९८.६० को बिन्दुमा पुगेको थियो । सो नै हालसम्म कै उच्च बिन्दु हो । त्यस दिन २१ अर्ब ३१ करोड ३४ लाख ८९ हजार बराबरको कारोबार भएको थियो ।त्यस्तै यस आर्थिक वर्षमा २०७९ असार ९ गते नेप्से सूचक न्युन बिन्दुमा पुगेको थियो । त्यस दिन सूचक १८४८.२६ को बिन्दुमा पुगेको थियो । त्यस दिन १ अर्ब ४९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको थियो । त्यस्तै यस अवधिमा शेयर बजार पुँजीकरण ११ खर्ब ५२ अर्बले घटेको छ । आर्थिक वर्ष ७७/७८ को अन्तिम दिन शेयरबजार पुँजीकरण ४० खर्ब १० अर्ब रहेकोमा आज शुक्रबारको कारोबार पछि शेयरबजार पुँजीकरण २८ खर्ब ५८ अर्ब रहेको छ । समग्र बजार पुँजीकरणको हिसाबमा लगानीकर्ता सम्पति ११ खर्ब ५२ अर्बले घटेको देखिएको छ ।  सरकारले परिक्षणको रुपमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपछि गत जेठ महिनामा आइतबार बजार बन्द रहेर शुक्रबार कारोबार भएको थियो। तर सरकारले आइतबारको सार्वजनिक विदा फिर्ता लिएपछि हाल आइतबारदेखि शुक्रबार सम्म नै शेयर कारोबार हुने गरेको छ । शुक्रबार भने ११ बजेदेखि १ बजेसम्म  मात्र शेयर कारोबार हुने गरेको छ।