'भारत र चीनबीचको तरुल होइन, पिङ बन्नुपर्छ'

सफ्ट पावरको अवधारणा  सर्वप्रथम  अमेरिकाका प्रसिद्ध राजनीतिक विशेषज्ञ जोसेफ न्येले प्रस्तुत गरेका थिए । विश्व समुदायलाई भाषा, संस्कृति, प्रकृति आदिले आकर्षित गर्न सकिन्छ, यही नै हो सफ्ट पावर ।​ हाम्रो सन्दर्भमा त भाषा, संस्कृति, प्रकृतिका अलावा मूर्तिकला, वास्तुकला, गौतम बुद्ध, सगरमाथा आदि पनि सफ्ट पावरका माध्यम बन्न सक्छन् । ​राष्ट्र–राष्ट्र बीचको राजनैतिक सम्बन्ध जसले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो राष्ट्रिय हितका लागि दक्षतापूर्वक सञ्चालन गर्ने नीतिलाई नै कूटनीति भनिन्छ। आखिर शक्ति के हो त ? अरू कसैलाई प्...