फर्जी मत खसाउन खाेज्दा बूढीगङ्गाको त्रिशक्ति मतदान केन्द्रमा झडप, प्रहरीद्वारा हवाई फायर

काठमाडाैँ- बाजुराकाे बूढीगङ्गा नगरपालिकामा पुनःनिर्वाचनका क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ। मतदानका क्रममा वडा नम्बर ९ स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोज्दा झडप भएको बताइएको छ। झडपमा गठबन्धन र एमाले कार्यकर्ता घाइते भएका छन्। गठबन्धनका तर्फवाट उम्मेदवार बनेका भरत थापा र एजेण्ट लक्ष्मण थापा घाइते भएका छन्। […]

सम्बन्धित सामग्री

बाजुराको बुढीगंगामा फेरि तनाव, प्रहरीद्वारा हवाई फायर

धनगढी : बुढीगंगा नगरपालिकामा पुनः मतदान जारी छ। आज जारी मतदानमा फेरि विवाद उत्पन्न भएको छ। विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर समेत गरेको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बुढीगंगा नगरपालिका- ९ अन्तर्गत त्रिशक्ति माविस्थित मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएपछि विवाद उत्पन्न भएको थियो।मतदानस्थलमा भएको विवादले झडपको रुप लिएपछि दुई जनालाई चोट लागेको छ। एकीकृत समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र स्थानीय सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।

बझाङको केदारसिंह गाउँपालिकामा तनाव, प्रहरीले गर्‍यो हवाइ फायर

३०, वैशाख, काठमाडौं । बझाङको केदारसिंह गाउँपालिका-४ जग्गनाथ माध्यामिक विद्यालयको मतदान केन्द्रमा तनाव भएको छ । फर्जी मत खसालेको भन्दै मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताहरू कुटपिटमा उत्रिएपछि प्रहरीले हवाई फायर गरेको छिमेकी निर्वाचन केन्द्रका मतदान अधिकृत हरी पंगेनीले जानकारी दिए । अहिले केन्द्रको मतदान स्थगित भएको छ । ‘राजनीतिक दलहरू कुटपिटमा उत्रिए पछि प्रहरीद्वारा हवाई […]