खाण निलम्बनका लागि दबाब बढाउँदै शेखर र गगन, संस्थापन पक्ष भन्छ- अहिले त्यो पर्दैन

पार्टीका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाही गर्नुपर्ने अभिव्यक्ति सार्वजनिक रुपमा नै दिएका छन् । पार्टी बैठकमा भने उनीहरुले यसमा कुनै अडान लिन सकेका थिएनन् । खाण पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्रमध्येका एक हुन् ।