‘पुटिनले युक्रेनमा युद्ध चाहेका छैनन्’: बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन मामिलामा रुस आक्रामक नहुने दाबी गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ‘हस्तक्षेप गर्न चाहेका भए पनि पूर्ण आकारको युद्ध नचाहेकामा आफू विश्वस्त रहेको’ बाइडेनको भनाइ छ । रुसले युक्रेनमाथि आक्रमण गर्न सक्ने विषयमा एक पत्रकारको प्रश्नमा बाइडेनले भने, ‘मेरो विचारमा उनी (पुटिन) अघि बढ्छन् । उनलाई केही गर्नुपर्ने भएको छ ।’