कांग्रेसबाट बडु, रिजाल, चौधरी र भुषाल मन्त्री बन्ने सम्भावना, उमेश श्रेष्ठको मन्त्री पद धरापमा

काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री भएको ८४ दिनमा सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाडमा सहमति भएपछि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना बढेको छ । सत्ता गठबन्धन दलबीच मन्त्रालय भागबन्डा मिलेपछि मन्त्रिपरिषद् विस्तारको ढोका खोलेको हो । गठबन्धन दलबीच कांग्रेसले ७, माओवादीले ६ र एकिकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले ४/४ मन्त्रालय पाउने भएका छन् । […]