बजेटको सिद्धान्त र प्राथमिकतामा ‘फोकस’ छैन : बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामा 'फोकस नभएको' बताएका छन्। उनले बजेटको सिद्धान्त र प्राथमिकतामा अर्थमन्त्रीले सबैलाई खुसी पार्न खोजेको देखिएको बताए। ‘फोकस’ छैन, भट्टराईले संसदमा भने, 'एकजना बुद्धिजीवीले भनेका छन्, ‘म सफलताको फर्मुला दिन सक्दिन तर असफलताको फर्मुला दिन सक्छु। त्यो भनेको सबैलाई खुसी पार्न खोज्नु हो।’…