सीमावर्ती बजारबाट एक नेपाली बेपत्ता

कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५ झिलमिलाका ४४ वर्षीय तिर्थराज बोहरा भारतीय सीमावर्ती बजार वनबासाबाट बेपत्ता भएका छन्।तीन दिन अघि भारतको देहरादुनबाट घर फर्किइरहेको बोहोरा वनबासा सम्म पुगे पनि घर नपुगेको परिवारले जनाएको छ। बोहोरा घर नपुगेपछि खोजतलासका लागि परिवारले आग्रह गरेका छन्।सम्पर्कबिहीन रहेका बोहराले वनबासाबाट साउन १६ गते बिहान ८ वजे भारतीय नम्बरबाट घरमा फोन गरी घर पुग्न लागेको जानकारी गराएका थिए।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बोह