लोक सेवा तयारी कक्षा निःशुल्क पाएपछि सन्धिखर्कका विद्यार्थी खुसी

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा खरिदार र नासु स्तरको निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन भएको छ । महँगो शुल्क तिरेर बुटवल तथा काठमाण्डौमा गएर पढ्नुपर्ने लोक सेवा आयोगको तयारी कक्षा सन्धिखर्कमै लोक सेवा पास गरेका उपसचिव तथा अधिकृत स्तरका कर्मचारीले निःशुल्क दिएपछि विद्यार्थी खुसी भएका छन् ।  कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको आयोजनामा खरिदार र नासु स्तरको लोक सेवा तयारी कक्षा सञ्चालन भएको हो । लोक सेवा आयोगको परीक्षाका लागि तथा प्रशिक्षार्थीको क्षमता विकास गर्न निःशुल्क कक्षा सञ्...

सम्बन्धित सामग्री

कर्मचारीले शेयर किन्न पाउने, लोक सेवा तयारी कक्षामा पढाउन नपाउने

२२ फागुन, काठमाडौं । बहालवाला कर्मचारीहरुले लोक सेवा आयोगले लिने परीक्षाको तयारी कक्षामा पढाउन नपाउने भएका छन् । तर, उनीहरुले खुला बजारबाट शेयर खरिद गर्न भने पाउने छन् । संसदमा सोमबार दर्ता भएको संघीय निजामती सेवा विधेयकको परिच्छेद ९ मा कर्मचारीहरुको आचरणको व्यवस्था छ । त्यसअन्तर्गत कर्मचारीहरुले गर्न हुने र गर्न नहुने कामहरुको विवरण राखिएको […]

महिलालाई निःशुल्क लोक सेवा तयारी कक्षा

सामाजिक विकास कार्यालय तनहुँले निजामती सेवामा महिलाको पहुँच पुर्‍याउन निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन हुने महिला, बालबालिका तथा समाजकल्याण तर्फका स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयन मापदण्ड २०८० अनुसार तालिम सञ्चालन गर्ने निर्णय भएको कार्यालयले जनाएको हो ।

मधेसमा मौलाउँदै भ्रष्टाचार

आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाले नगर क्षेत्रका एक सय ३० जना विद्यार्थीलाई लक्षित गरी सञ्चालन गरेको नायब सुब्बा र खरिदारको लोक सेवा तयारी कक्षामा व्यापक अनियमितता भएको नगरपालिकाबाट प्राप्त काजगातका आधारमा खुलेको छ।...

चन्द्रकोटले लोक सेवा तयारी कक्षा सञ्चालन गर्ने

गुल्मीको चन्द्रकोट गाउँपालिकाले शिक्षक सेवा र लोक सेवासम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ । गाउँपालिकाले विद्यार्थीलाई शिक्षक सेवा र लोक सेवामा आकर्षित गर्नका लागि निःशुल्क रूपमा अभिमुखीकरण कार्यक्रम गर्ने भएको हो ।गाउँमै बसेर लोकसेवा र शिक्षक सेवाको तयारी गर्न वातावरण सिर्जनाका लागि गाउँपालिको पहिलो चरणमा अभिमुखीकरण कार्यक्रम गर्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसालले जानकारी दिए […]

कुश्मा नगरपालिकाले महिलाका लागि निःशुल्क लोक सेवा तयारी कक्षा चलाउने

पर्वत : पर्वतको कुश्मा नगरपालिकाले निजामती क्षेत्रमा प्रवेश गर्न चाहने सीमित क्षेत्रका महिलाका लागि लोक सेवा आयोगको तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ।आर्थिक र सामाजिक रूपमा विपन्न महिलाहरूका लागि आव ०७९/८० को स्वीकृत कार्यक्रमअनुसार तालिम सञ्चालन गर्न लागिएको कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले बताए।राजपत्र अनङ्कित द्वितिय श्रेणी खरिदार (सहायक स्तर चौथो तह) अप्राविधिक पदको कक्षा सञ्चालन गर्न लागिएकोले न्यूनतम योग्यता पुगेका इच्छुक महिल

महिलालाई लोक सेवाको तयारी गराउँदै मधेस प्रदेश सरकार

धनुषा । मधेस प्रदेश सरकारले प्रदेशका ४०० महिलालाई लोक सेवा परीक्षाको तयारी गराउन थालेका छन् । मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ कार्यक्रमअन्तर्गत सञ्चालित लोक सेवा तयारी कक्षामा प्रदेश भरिमा खरिदार सुब्बाको गरी ४०० महिलाले तालिम लिई रहेको कार्यक्रमका संयोजक प्रियङ्का यादवले जानकारी दिइन् । लोक सेवा कक्षामा प्रत्येक जिल्लामा २५ खरिदार र २५ सुब्बाको तयारी […]

पर्वतको पैयुँ गाउँपालिकामा महिलालाई निःशुल्क लोक सेवा तयारी कक्षा

पर्वत – पर्वतको पैयुँ गाउँपालिकाले महिलाहरूका लागि एक महिने निःशुल्क लोक सेवाको परीक्षाको तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।  गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार आउँदाे मङ्सिर २१ गतेदेखि पुस २१ गतेसम्म बिहान ७ बजेदेखि बिहान साढे १० बजेसम्म निःशुल्क कक्षा सञ्चालन गर्न लागेको गाउँपालिकाले जनाएको छ ।  लोक सेवा तयारीका लागि शैक्षिक याेग्यता पुगेका १८ वर्षमाथि ४० वर्ष उमेर नकटेकाहरूले मङ्सिर १० गतेसम्म आवेदन दिइसक्नुपर्ने गाउँपालिकाको कार्यालयले जनाएको छ ।   सरकारी सेवामा महि...

लोक सेवा तयारी : वस्तुगत प्रश्नोत्तर

१. सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्त गर्‍यो ?– डा. विश्व पौडेल (२०७८ साउन १२) २. सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन कहिले गरियो ?– वि.सं. २०७८ साउन १३– नेपाल–अङ्गे्रज युद्धमा नेपालीले १८२४ सालमा विजय प्राप्त गरेको ऐतिहासिक सिन्धुलीगढीमा सङ्ग्रहालयको निर्माण गरिएको ।– सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको निर्माण ऐतिहासिक सम्पदाहरूको संरक्षणका साथै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रका रूपमा […]

लोक सेवा तयारी : विषयगत प्रश्नोत्तर

१. नेपालमा रोजगारीको आयमा हाल के कति आयकर लाग्ने व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।–आयकर ऐन, २०५८ अनुसार नेपालमा रोजगारीको आयमा निम्नानुसार आयकर लाग्ने व्यवस्था छ :(क) व्यक्तिको हकमा:– चार लाखसम्मको करयोग्य आयमा एक प्रतिशत,– चार लाखभन्दा बढी पाँच लाखसम्मको करयोग्य आयमा दस प्रतिशत,– पाँच लाखभन्दा बढी सात लाखसम्मको करयोग्य आयमा बीस प्रतिशत,– सात लाखभन्दा […]

मोरङमा लोकसेवा तयारी गर्ने महिला बढे

मोरङमा लोकसेवाप्रति महिलाहरुको आकर्षण बढ्न थालेको छ । बेलबारी नगरपालिकाले सुरु गरेको लोक सेवा तयारी कक्षामा