वडा अध्यक्षसहित स्वास्थ्य संयोजकद्वारा औषधिमा ८ लाख अनियमितता, अख्तियारले हाल्यो मुद्दा

औषधि खरिदमा वडा अध्यक्षसहित स्वास्थ्य संयोजको संलग्नतामा आर्थिक अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ।

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय पर्वत समाजद्वारा पर्वतका तीन पालिकामा सहयोग

दुबई।  प्रवासी पर्वतेलीहरुको साझा संस्था अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतका तीन वटा पालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गरेको छ । समाजले पर्वतको जलजला, पैंयू र फलेबास नगरपालिकामा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गरेको छ । फलेबास नगरपालिकामा समाजको सहयोगमा वडा नं १ कार्किनेटामा एम्बुलेन्स खरिद गरिनेछ । एम्बुलेन्स खरिदका लागि ८ लाख रुपैयाँ समाजले सहयोग […]

वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख […] The post वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर appeared first on राजधानी राष्ट्रिय दैनिक.

वडाअध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत बहादुर रेश्मी रहेका छन् । वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदक

उदयपुरका स्थानीय तहद्धारा नीति कार्यक्रम प्रस्तुत

उदयपुर- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै उदयपुरका स्थानीय तहले आगामी आर्थिक वर्ष २०७७। ०७८ कोे नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । बुधवार भएको पाँचौ नगरसभामा जिल्लाका वेलका, त्रियुगा र चौदण्डीगढी नगरपालिकाका साथै लिम्चुङ्बुङ र रौतामाई गाउँपालिकाले आगामि वर्षको बजेटमा कोरोना भाइरस नियन्त्रणलाई प्राथमिकतामा राखेका हुन् । सदरमुकामस्थित ंत्रियुगा नगरपालिकामा आर्थिक वर्ष २०७७ । ०७८ को लागि “स्वास्थ्य शिक्षित हाम्रो शहर, समुन्नत समावेशी समृद्व त्रियुगा नगर” भन्ने नयाँ नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख बलदेव चौधरीले आव २०७७। ०७८ का लागि १ अर्व २ करोड ७ लाख ९६ हजार रुपैयाँको बजेट प्रश्तुत गरे । “चालु यो आवको लागि २ करोड,४९ लाख ७६ हजारले बजेट बढेको छ” नगरप्रमुख चौधरीेले भने, “चालु आ ब मा ९९ करोड ५८ लाख २० हजार रुपैयाँको बजेट थियो ।” चालु तर्फ ६१ करोड ८ लाख ९२ हजार र पुँजीगत खर्च तर्फ २५ करोड १४ लाख २८ हजार रुपैयाँकोे बजेट विनियोजन गरेको उनले बताए । चालुमा करिव २६ प्रतिशत र पुजीगत तर्फ ७४ प्रतिशत बजेट बिनियोजन गरिएको उनको भनाई छ । वेलका नगरपालिकाले ६७ करोड रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख दुर्गाकुमार थापाले “उत्पादनको दोश्रो वर्ष, कोरोना बिरुध्दको स्वास्थ्य संघर्ष ” भन्ने नयाँ नीति तथा कार्यक्रमसहितको सो बजेट प्रस्तुत गरेका हुन् । उनले कोरोना बिरुध्दको संघर्षका लागि नीति तथा कार्यक्रम प्रश्तुत गरेको बताए । “ कोरोना नियन्त्रणको प्रभावकारी कार्ययोजना निर्माण र कार्यान्वयन,कृषि उपजको उचित मूल्याङ्कन गरी किसान लक्षित कार्यक्रम सञ्चालन गरिनेछ ” उनले भने, “सवै वडाको जग्गा नापी गर्ने योजना, रोजगार अभिवृद्धि कोष स्थापना र सञ्चालन र सवै वडा कार्यालयको भवन निमाृण लगायतका कार्यक्रमहरु समेटिएको छ ।” चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले आगामी आर्थिक वर्ष २०७७ । ०७८ का लागि ६७ करोडको बजेट प्रश्तुत गरे । उनले कृषि, शिक्षा, स्वास्थ्य र सडक निर्माणलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको बताए ।“ बेल्टारमा कोरोना अस्पताल निर्माणका लागि तत्काल ५० लाख निकासा गर्ने गरी नीति तथा कार्यक्रम प्रश्तुत गरेका छौं ।” उनले भने । रौतामाई गाउँपालिकाका प्रमुख गजेन्द्रबहादुर खड्काले आगामी आर्थिक वर्ष २०७७ । ०७८ लागि ४६ करोड ९७ लाखको बजेट तथा कार्यक्रम प्रश्तुत गरे । “ कोरोना नियन्त्रण,कृषि तथा पशुपालन र वैदेशिक रोजगारबाट फकिएका युवाहरुका लागि रोजगार प्रवर्धन कार्याक्रमलाई प्राथमिकतामा राखेका छौं ।” उनले भने । लिम्चुङ्बुङ् गाउँपालिकाका प्रमुख मेजरकुमार राईले २० करोड ६२ लाख ५६ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका छन् । कोरोना नियन्त्रण कोष सञ्चालनमा १ करोड, चालु खर्चमा ५ करोड तथा कोसी करिडोर सडक निर्माण लगायत अन्य पूर्वाधार निर्माणमा १५ करोड रुपैयाँ बिनियोजन गरिएको उनले बताए । कटारी नगरपालिकाले भने नगरप्रमुख अस्वस्थ भएकोले बुधवार नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन । कटारीले एक सातापछि मात्र कार्यक्रम प्रश्तुत गर्ने जानकारी दिएको छ ।