बाढीले  झोलुंगे पुलमा क्षति : किसानलाई तरकारी बेच्न र विद्यार्थीलाई पढ्न जान समस्या

धादिङ : त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुईवटा झोलुंगे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थीसमस्यामा परेका छन्। किसानले उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन्।गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी तिनै झोलुंगे पुलबाट आउजाउ रोकिँदा मुख्य सडकसम्म पुर्याउन पाएका छैनन्। ती क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौं चितवनलगायतका क्षेत्रम